मणिपुरमा सुरक्षा बलको ठूलो कारबाही, उग्रवादी तथा लागूऔषध तस्कर पक्राउ
मणिपुरमा सुरक्षा बलको ठूलो कारबाही, उग्रवादी तथा लागूऔषध तस्कर पक्राउ


इम्फाल, 0४ जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बल तथा पुलिसले पछिल्लो २४ घण्टामा सञ्चालन गरेका विभिन्न अभियानहरूमा सक्रिय उग्रवादी र लागूऔषध तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। अभियानका क्रममा हतियार, गोलाबारुद, ठूलो परिमाणमा नगद रकम तथा शंकास्पद ब्राउन शुगर समेत जफत गरिएको छ।

मणिपुर पुलिसमले शनिवार दिएको जानकारी अनुसार, शुक्रवार सुरक्षा बलले थौबल जिल्लाको लाङाथेल खोङजोम रोड क्षेत्रबाट केसीपी (पीडब्ल्यूजी) को सक्रिय सदस्य कङ्गाबाम डेनी सिंह उर्फ बोनी (४०) लाई पक्राउ गरेको छ।

सोही दिन आरपीएफ/पीएलएका दुई सक्रिय सदस्यलाई पनि उनीहरूकै घरबाट कब्जामा लिइएको छ। पक्रा पर्नेमध्ये एक जनालाई संगठनको कथित असुलीकर्ता तथा अर्कालाई इम्फाल पश्चिम क्षेत्रको वित्त सचिव भनिएको छ। उनीहरूदेखि दुई वटा पेस्तोल, दुई वटा बन्दुक तथा ठूलो परिमाणमा जिउँदो कारतुस जफत गरिएको पुलिसले जनाएको छ।

अर्को कारबाहीमा पुलिसले इम्फाल पूर्व जिल्लाको निङथौजाम अकाङ्गनबा मैतेई (२७) लाई साल २०२३ मा भएको एमपीटीसी पाङ्गेई शस्त्रागार लुटकाण्ड तथा एक आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

यसैगरी जिल्लामा सञ्चालन गरिएको अभियानका क्रममा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूदेखि लगभग 2.५ किलोग्राम शंकास्पद ब्राउन शुगर, ३१.४३ लाख भारतीय रुपियाँ नगद, एउटा बोलेरो गाड़ी तथा नगद गन्ने मेसिन जफत गरिएको छ।

यसअघि तेंगनौपाल जिल्लाको सीमा स्तम्भ–८६ नजिकै सुरक्षा बलले पीएलएका दुई सक्रिय सदस्यलाई पनि पक्राउ गर्यो। दुवै आरोपी थौबल जिल्लाको बासिन्दा रहेको बताइएको छ।

मणिपुरमा उग्रवादी गतिविधि, अवैध हतियार तथा लागूऔषध तस्करी विरुद्ध सुरक्षा बल र मणिपुर पुलिसद्वारा सञ्चालन गरिएको अभियान निरन्तर जारी रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande