
बाढ़ी प्रभावित जिल्लाहरूका महिलाहरूलाई दिइनेछ 2,500 रुपियाँ: मुख्यमन्त्री
गुवाहाटी, 01 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार घोषणा गरे, राज्य सरकारको महत्वाकाङ्क्षी अरुणोदय योजना पूर्व निर्धारित तिथि 3 अगस्तको सट्टा अब दुई दिन अगावै शुरू गरिनेछ।
मुख्यमन्त्रीले सोशल मीडियामा भने, अरुणोदय योजना असमका महिलाहरूको सशक्तिकरणको एक मजबुत आधार हो। उनले बताइन्, सरकारले यस योजनालाई निर्धारित समयभन्दा अगावै पुनः शुरू गर्ने निर्णय लिएको छ।
मुख्यमन्त्रीले भने, अहिलेघरि राज्यमा बाढ़ीको स्थितिलाई मध्यनजर गर्दै अगस्त महिनाको किस्ता अधिक प्रभावित जिल्लाहरूका आमा अनि दिदी-बहिनीहरूलाई 25 सय रुपियाँ प्रदान गरिनेछ। उनले भने, यो निर्णय बाढ़ी प्रभावित परिवारहरूलाई आर्थिक राहत दिने अनि महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले लिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा