
रायपुर, 01 अगस्त (हि.स.)। जम्मू कश्मीरको कुलगाममा गए शुक्रवार आङ्तकवादी हमलामा परी छत्तीसगढ़का दुई जना श्रमिकहरूको मृत्यु भयो। मृतकहरूको पहिचान दीपक कुमार रात्रे औ भूपेन्द्र कुमार भैनाको रूपमा भएको छ। छत्तीसगढ़का श्रमिकहरूको मृत्यु भएकोमा सीएम विष्णुदेव साय तथा .नेता प्रतिपक्ष डा. चरणदास महन्तले आङ्तकवादी हमलाको कड़ा निन्दा गरे। साथै श्रमिकहरूको मृत्युप्रति गहिरो दुःख पनि व्यक्त गरे।
मुख्यमन्त्री सायले भनेका छन्, कश्मीरको कुलगाममा भएको कायरतापूर्ण आतङ्कवादी हमलामा छत्तीसगढ़को श्रमिकहरूको दुःखदायी मृत्यु भएको खबर अत्यन्त पीड़ादायक छ। यस सन्दर्भमा अधिकारीहरूलाई आवश्यक निर्देश दिइएको छ। छत्तीसगढ़ सरकार पीड़ित परिवारहरूको साथमा उभिएको छ। यसरी नै छत्तीसगढ़ विधानसभामा नेता प्रतिपक्ष डा. चरणदास महन्तले छत्तीसगढ़का एडीजी गुप्तचर अमित कुमारसित फोन गरी घटनाको विस्तृत जानकारी लिए। दुवै श्रमिकहरूको मृत्युमा गहिरो दुःख व्यक्त गर्दै उनले मृतकद्वयका परिवारहरूसित सम्पर्क गरी आवश्यक सहयोग गर्ने भनेका छन्।
अधिकारीहरूले बताएका छन्, जम्मू-कश्मीरको कुलगाम जिल्लामा अवस्थित एउटा ईँटा भट्टीमा भएको आतङ्कवादी हमलामा छत्तीसगढ़का दुई जना श्रमिकहरूको मृत्यु भयो। हमलाकारीहरूले गए शुक्रवार अबेर साँझ दक्षिण कश्मीरको केलम क्षेत्रस्थित ईँटा भट्टीमा श्रमिकहरूलाई लक्षित गरे। यस घटनामा दुवै श्रमिकहरू घाइते भए जसमध्ये दीपक कुमारको अस्पताल पुऱ्याउनअघि नै मृत्यु भयो भने दोस्रो घाइते भूपिन्दरलाई पहिला जीएमसी अनन्तनागमा लगियो अनि पछि सौरास्थित एसकेआईएमएस अस्पतालमा रेफर गरियो जहाँ उपचारको क्रममा तिनको पनि मृत्यु भयो। दुवै श्रमिकहरू छत्तीसगढ़का निवासी थिए।
छत्तीसगढ़ विधानसभामा नेता प्रतिपक्ष डा. चरणदास महन्तले छत्तीसगढ़का एडीजी गुप्तचर अमित कुमारसित फोन मार्फत घटनाको विस्तृत जानकारी लिए। दुवै श्रमिकहरूको मृत्युप्रति उनले गहिरो दुःख व्यक्त गरे। साथै मृतकहरूका परिवारजनसित सम्पर्क गरी आवश्यक सहयोग गर्ने भनेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा