पश्चिम बङ्गालमा फेरिनेछ मौसमको स्वरूप, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
The weather in Delhi-NCR took a sudden turn on Saturday, bringing strong winds and heavy rain.


कोलकाता, 01 अगस्त(हि.स.)। पश्चिम बङ्गालमा सक्रिय मनसुनी गतिविधिहरूबीच मौसमको स्वरूप फेरिएको छ। मौसम विज्ञान विभाग अनुसार शनिवार राज्यभरि नै आंशिक रूपमा बादल लाग्ने अनि मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

दिनभरि वातावरणमा अत्यधिक आद्रता कायम रहनेछ जसले गर्दा च्याप-च्याप्ती गर्मीको सामना गर्न पर्नसक्छ। राज्यको औसतन अधिकतम तापमान 33 डिग्री सेल्सियस र न्यूनतम तापमान 28 डिग्री सेल्सियस लगभग रहने सम्भावना छ। हावामा नमी अर्थात आद्रता (ह्यूमिडिटी) को स्तर 78 प्रतिशतदेखि 88 प्रतिशतको उच्च स्तरमा दर्ज गरिएको छ।

तटीय वा मैदानी क्षेत्रहरूमा दक्षिण दिशादेखि लगभग 8 माइल प्रतिघण्टाको गतिले हावा चल्नेछ। दिउँसो वर्षा अनि मेघ गर्जनसितै पानी पर्ने सम्बावना लगभग 65 प्रतिशतसम्म रहेको छ। विशेष गरी अपरान्ह अथवा साँझको समयमा केही क्षेत्रहरूमा अचानक मेघ गर्जनसितै पानी पर्नसक्छ।

राजधानी कोलकाता तथा वरपरका जिल्लाहरूमा आज रोकिँदै पानी पर्नको साथै वज्रपात हुने अनुमान व्यक्त गरिएको छ। कोलकातामा दिनको तापमान 89 डिग्री फरेनहाइट (लगभग 32-33 डिग्री सेल्सियस) औ रातको तापमान 80 डिग्री फरेनहाइट (लगभग 27-28 डिग्री सेल्सियस) रहने सम्भावना छ। अपरान्हपछि गर्जनसितै वर्षा हुनसक्छ। मौसम विशेषज्ञहरूले वर्षा अनि वज्रपात भएको समयमा खुल्ला मैदानमा नबस्ने तथा सुरक्षित स्थानहरूमा बस्ने सल्लाह दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande