आईआईटी छात्रको मृत्यु, परिवारले लगायो हत्या गरेको आऱोप
आईआईटी छात्रको मृत्यु, परिवारले लगायो हत्या गरेको आऱोप


खड़गपुर, 15 अगस्त (हि.स.)। आईआईटी खड़गपुरका मेधावी छात्र अङ्कित शर्माको मृत्युलाई दुर्घटना वा आत्महत्या मान्नदेखि परिवारले अस्वीकार गरेको छ। परिवारले आरोप लगाएकोक छ, अङ्कितलाई चार तलाबाट कसैले धक्का दिएर तल झारेको हो। अर्कोतिर पुलिसको भनाइ छ, दुर्घटना, आत्महत्या वा धक्का दिएको, यी तीनै वटा पक्षलाई लिएर मामिलाको जाँच गरिँदैछ। आईआईटी प्रबन्धनले पनि घटनाको वास्तविकता सामु ल्याउनको लागि आन्तरिक जाँच समिति गठन गरेको छ।

गत बिहीवार अपरान्ह लगभग साढ़े तीन बजे नालन्दा परिसरको चार तलाबाट झरेर यान्त्रिक अभियन्त्रण विभागको दोस्रो वर्षका छात्र अङ्कित शर्माको मृत्यु भयो। शुक्रवार शवलाई पोस्टमर्टम गर्नको लागि मेदिनीपुर मेडिकल कलेजमा पठाइयो। यस अवधि मृतकका काका भँवरलाल शर्मा औ भाइ (काकाको छोरा) जयप्रकाश शर्मा पनि उपस्थित थिए।

परिवार अनुसार पुलिस र आईआईटी प्रबन्धनले मृत्युको कारणलाई लिएर दुई वटा सम्भावना व्यक्त गरेका छन्। पहिलो सम्भावनामा रेलिङ्गमा बसेर मोबाइलमा कुरा गर्दै गर्दा अङ्कितको सन्तुलन बिग्रिएर उ तल झरेको हुनसक्छ। दोस्रो सम्भावना घटनाको दिन पानी परेको थियो। बालकनी चिप्लिने भएकोले खुट्टा चिप्लिएर तल झरेको हुनसक्छ।

मृतकका काका भँवरलालले भने, परिसरको बालकनीमा रेलिङ्ग भएको कारणले चिप्लिएर तल झरेको सम्भावना सही हो जस्तो लाग्दैन। उनले भने, अपरान्ह 3 बजे अङ्कित कक्षामै थियो। कक्षा अवधि उ रेलिङ्गमा बसेर मोबाइलमा कुरा किन गर्छ? परिवारलाई शङ्का लागेको छ, कुनै व्यक्तिसित कुनै कारणले उसको विवाद भयो होला, त्यसैले उसलाई धक्का दिएर तल झारिदियो होला।

उनले यो पनि प्रश्न उठाए, कक्षा चलिरहेको बेलामा परिसरमा यति धेरै विद्यार्थी तथा शिक्षकहरू उपस्थित थिए भने कसैले घटनामाथि किन ध्यान दिएन? परिवारले यो पनि प्रश्न गरेको छ, घटना भएको ठाउँमा सीसीटीभी क्यामरा किन लगाइएको थिएन?

भँवरलालले बताए, घटना लगभग साढ़े तीन बजे भएको थियो जबकि त्योभन्दा लगभग एक घण्टा अगाड़ि अङ्कितले लगभग अढ़ाई बजे घरमा फोन गरेर पाँच हजार रुपियाँ मागेको थियो। उनको भनाइ छ, यो मामिला आत्महत्याको भएको भए अङ्कितले पैसा किन माग्थ्यो? अर्कोतिर खुट्टा चिप्लिएको हो भने उसको हात-खुट्टामा चोट लाग्नसक्थ्यो, तर उ रेलिङ्गबाट तल कसरी झऱ्यो? यो जाँचको विषय हो।

परिवारको भनाइ छ, उनीहरूले सम्पूर्ण मामिलामा कानूनी सल्लाह लिएर सिकायत दर्ता गराउनेछन्। पुलिसले मामिलाका सबै सम्भावनाहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande