
कोलकाता, 15 अगस्त (हि.स.)। भारतको 80औं स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले देशवासीहरूलाई हार्दिक शुभकामना एवं बधाई दिए। उनले शनिवार बिहान 7 बजे सोशल मीडियामा सन्देश जारी गरी देश स्वतन्त्रताका लागि आफ्नो प्राण न्यौछावर गर्ने वीर सपूतहरूलाई श्रद्धापूर्वक नमन गरे।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, आज यस विशेष दिनमा आमा भारतीका ती सबै वीर सपूतहरूलाई स्मरण गर्नुपर्छ जसले आफ्नो जीवन राष्ट्रको लागि समर्पित गरी हामीलाई स्वतन्त्र भारत प्रदान गरे। उनको त्याग र सङ्घर्षको कारणले नै आज हामी स्वतन्त्र आकाशमुनि स्वतन्त्रताको सास लिरहेका छौं।
उनले भने, स्वतन्त्रता एउटा शब्द मात्र होइन, जिम्मेवारी पनि हो। देशप्रति प्रेम, राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई कायम राख्नु प्रत्येक नागरिकको दायित्व हो। उनले देशवासीहरूलाई मिलेर एक विकसित, सशक्त तथा समृद्ध भारत निर्माण गर्ने सङ्कल्प लिने आह्वान गरे।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशको अन्तमा सबै भारतवासीहरूलाई 80औं स्वतन्त्रता दिवसको हार्दिक शुभकामना तथा बधाई दिए। उनले ‘जय हिन्द’ र ‘वन्दे मातरम्’- को उद्घोष पनि गरे।
मुख्यमन्त्रीको सन्देशमा स्वतन्त्रता सङ्ग्रामका वीरहरूको बलिदानलाई स्मरण गर्नको साथै राष्ट्रको एकता, सद्भाव औ मजबुत भारत निर्माण गर्ने सङ्कल्प प्रमुख रूपमा देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा