
खड़गपुर, 15 अगस्त (हि.स.)। खड़गपुर लोकल थाना पुलिसले अवैध रूपमा मासु लगिरहेको आरोपमा सात वटा वाहनहरूलाई जफत गरेको छ। पुलिस अनुसार यी वाहनहरूबाट लगभग 58 क्विन्टल मासु जफत गरिएकोक छ भने यस मामिलामा 18 जना मानिसहरूलाई पक्राउ गरिएको छ। पुलिस अधीक्षक पापिया सुल्तानाले शनिवार राती पत्रकार सम्मेलन आयोजना गरी उक्त आशयको जानकारी दिएका हुन्।
पुलिस अनुसार खड़गपुरको गोलबजार औ पाँचबेड़िया क्षेत्रबाट मासु लिएर सात वटा वाहनहरू कोलकाता, दक्षिण 24 परगना औ हावड़ा तर्फ गइरहेका थिए।गुप्तसूचनाको आधारमा खड़गपुर लोकल थाना तथा सादतपुर फाँड़ीको पुलिसले चौरङ्गी क्षेत्रमा अभियान चलाएर वाहनहरूलाई रोक्यो जसमा पाँच वटा निजी कार अनि दुई वटा पिकअप वाहन सामेल छन्।
पुलिस अधीक्षकले बताए, वाहनहरूबाट लगभग 58 क्विन्टल मासु जफत गरियो। सबै सात वटा वाहनहरूलाई जफत गरिएको छ। यस मामिलामा 18 जना मानिसहरूलाई पक्राउ गरिएको छ। पुलिसले पशु वधसित सम्बन्धित कानून र खाद्य कानून सहित केही गैर-जमानती धारा अन्तर्गत ममिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस जाँचबुझमा पक्रा पर्ने एकजना व्यक्तिले कथित रूपमा बतायो, दुई दिनअघि उ खड़गपुर आइपुेेगेको थियो। यहाँको जामा मस्जिद वरपरका क्षेत्रबाट मासु लिएर हावड़ा तर्फ प्रस्थान भएको थियो। उनले यो पनि दाबी गरे, यसअघि पनि यसरी कैयौं पटक मासु लगिसकिएको छ। तथापि यस दाबीको स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
यता खड़गपुर-एक खण्डका प्राणी सम्पदा विकास अधिकारी कल्लोल मैतीले बताए, जफत गरिएको मासुको नमूना एकत्र गरेर त्यसलाई जाँचको लागि प्रयोगशालामा पठाइनेछ। प्रयोगशालाको रिपोर्टबाट स्पष्ट हुन्छ कि जफत गरिएको मासु कस्तो प्रकारको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा