
राँची, 18 अगस्त (हि.स.)। झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनको जेएसएससी-सीजीएल परीक्षा रद्द गर्ने निर्णयले आन्दोलनकारी विद्यार्थीहरूमा उत्सवको माहोल छ। मुख्यमन्त्रीको घोषणापछि स्वास्थ्यमन्त्री इरफान अन्सारी र मन्त्री दीपिका पाण्डे सिंह सोमवार राति सदर अस्पताल पुगे र विद्यार्थी नेता देवेन्द्र महतोलाई जुस खुवाएर अनशन समाप्त गराए।
यो खबर फैलिनसाथ सामाजिक कार्यकर्ता सोनाम वाङचुकले झारखण्डका विद्यार्थी नेता देबेन्द्र नाथ महतोसँग राति भीडियो कल मार्फत कुरा गरी बधाई दिए। उनले झारखण्डका विद्यार्थीहरूको कड़ा परिश्रम र समर्पणको प्रशंसा गरे र सबै सफल विद्यार्थीहरूलाई शुभकामना दिए।
झारखण्ड सरकार र मुख्यमन्त्रीको भूमिकाको पनि प्रशंसा गरियो। सरकार र जनताले अझ् अगाड़ी मिलेर काम गर्नुपर्ने र जहाँ कमजोरी वा समस्याहरू अगाड़ी आउँछन्, तिनीहरूलाई सँगै सम्बोधन गर्नुपर्ने भन्ने कुरामा जोड दिइयो। विद्यार्थीहरूको उपलब्धीलाई सकारात्मक कदम बताउँदै वाङचुकले उनीहरूलाई यसैगरी मेहनत र एकजुटताको साथ अगाड़ी बढ्ने शुभकामना दिए।
हिन्दुस्थान समाचार / भवानी थामी