तारापीठ अग्निकाण्डमा थप एकजना पक्राउ, तलाउमा नौका मार्फत बेपत्ता मानिसहरूलाई खोजियो
तारापीठ अग्निकाण्डमा थप एकजना पक्राउ, तलाउमा नौका मार्फत बेपत्ता मानिसहरूलाई खोजियो


कोलकाता, 18 अगस्त (हि.स.)। पश्चिम बङ्गालको बीरभूम जिल्ला अधिनस्थ प्रसिद्ध तिर्थस्थल तारापीठको होटल ‘विदेशिनी’-मा भएको भयानक अग्निकाण्डको मामिलामा पुलिसले होटल मालिक प्रवीर पाललाई पनि पक्राउ गरेको छ। यस दुर्घटनामा नौ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसअघि पुलिसले गए सोमवार होटल मालिकको छोरा कल्याण पाललाी हिरासतमा लिएको थियो। जाँचबुझपछि अबेर राती उसलाई पक्राउ गरियो।

यता जाँचकर्ताहरूले शङ्का व्यक्त गरेका छन्, आगोदेखि बच्नका लागि केही मानिसहरूले होटलको नजिकै अवस्थित तलाउमा हाम फाले होलान्। यसै आशङ्कालाई मध्यनजर गर्दै मङ्गलवार बिहान तलाउमा नौका मार्फत खोजी अभियान शुरू गरियो। यो पत्तो लगाउने प्रयास गरिँदैछ कि तलाउमा मानिसहरू डुबेका त छैनन्। राज्यका दमकल राज्यमन्त्री कौशिक चौधरीले गए सोमवार तलाउमा गोताखोरहरूको सहयोगले अभियान सञ्चालन गर्ने कुरा गरेका थिए।

स्थानीय सूत्र अनुसार बितेको सोमवार भोर बिहान लगभग 5 बजे तारापीठ मन्दिर र थाना नजिकै अवस्थित होटलमा आगो लागेको थियो। प्रारम्भिक जाँचमा थाहा लागेको छ, होटलको स्वागत कक्षमा रहेको एयर कण्डिशनरको एमसीबीमा शर्ट सर्किट भएको कारणले आगो लागेको थियो जुन हेर्दा-हेर्दै सबैतिर फैलिएको थियो।

आगोसितै निक्लेको बाक्लो धुँवादेखि बच्नका लागि मानिसहरूले बालकनीदेखि पाइप र रूखको सहयोगले तलाउमा हाम फाले भने दोस्रो र तेस्रो तलामा बस्ने मानिसहरूले सोझै तलाउमा हाम फालेको बताइएको छ। त्यसैले पुलिसले तलाउमा नौका मार्फत खोजी अभियान चलाइरहेको छ।

दुर्घटनापछि प्रत्यक्षदर्शीहरूले होटलको अग्नि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। आरोप छ, आगो द्रूत गतिमा फैलिएको भए पनि होटलको कुनै पनि कोठामा अग्नि चेताउनी प्रणालीको अलार्म बजेन। यस अतिरिक्त आगलागी हुँदै गर्दा होटलमा बसेका श्रद्धालुहरूले बाहिर निक्लिने प्रयास गरिरहेका थिए, तर होटलको अग्नि निकासी द्वारमा ताला लागेको थियो।

पुलिसले सम्पूर्ण मामिलाको विस्तृत जाँच गरिरहेको छ। जाँचमा होटलको अग्नि सुरक्षा व्यवस्था, निकासी मार्ग, आगलागीको कारण औ दुर्घटनाको लागि जिम्मेवार मानिसहरूको भूमिकाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande