
सारण, 24 अगस्त (हि.स.)। छपरा-रेवा मुख्य मार्गमा भेल्दी थाना क्षेत्रको सोनहो टोल प्लाजा नजिक बितेको राती भएको एक भयानक सड़क दुर्घटनामा चार जना मानिसहरूको मृत्यु भयो भने अन्य केही गम्भीर रूपमा घाइते भएका छन्।
जानकारी अनुसार मकेर खण्डको सुल्तानगञ्ज निवासी फारूक मियाँ सपरिवार इलेक्ट्रिक अटोमा सवार भएर गरखादेखि घर फर्किरहेका थिेए। यसै क्रममा मुजफ्फरपुर तिरबाट आइरहेको द्रूत गतिको ट्रेलरले बिजुलीको पोललाई भत्काउँदै टोटोलाई सशक्त ठक्कर दियो। यस भयानक ठक्करको कारणले टोटो पूर्ण रूपमा क्षतिग्रस्त भयो जसको चपेटमा एकजना साइकल सवार पनि पऱ्यो
दुर्घटनामा सुल्तानगञ्ज निवासी फारूक मियाँ, उनकी बुहारी सञ्जिदा खातून र नातिनी सना परविन लगायत साइकल सवार व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अढाई वर्षीय अंशयाजामको स्थिति अत्यन्त चिन्ताजनक रहेको छ जसलाई प्राथमिक उपचारपछि छापरा सदर अस्पतालमा पठाइएको छ।
घटनापछि आक्रोशित ग्रामीणहरूले एनएच-722 लाई जाम गरिदिए। सूचना पाएर मढ़ौरा डीएसपी औ मकेर थानाध्यक्ष पुलिस बलसितै घटनास्थलमा आइपुगे। अधिकारीहरूले आक्रोशित मानिसहरूलाई सम्झाई-बुझाई लगभग एक घण्टापछि यातायातलाई सुचारू बनाए। पुलिसले सबै शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा