
मालदा, 24 अगस्त (हि.स.)। पश्चिम बङ्गालको मालदा जिल्ला अन्तर्गत गाजोलमा अन्नपूर्णा योजनाको राशि नपाएकै कारणले महिलाले आत्महत्या गरेको मामिलामा नयाँ मोड़ आएको छ। गाजोल थाना पुलिसले मृतका अनिता खातून (32)- का पति इन्जमामुल हकलाई पक्राउ गरेको छ। पुलिसको प्रारम्भिक जाँचमा थाहा लागे अनुसार पत्नीको मृत्युपछि आफ्नो अपराधलाई ढाक्नको लागि इन्जमामुलले अन्नपूर्ण योजनाको राशि नपाएको कथा बुनेर आफन्त र पञ्चायत प्रतिनिधिहरूलाई सुनाए।
अनिता खातूनले गत शनिवार बिहान गाजोल थाना क्षेत्रको करकच ग्राम पञ्चायत अधिनस्थ बचाहार गाउँस्थित ससुरालीमा गलफन्दा लगाएर आत्महत्या गरेकी थिइन्। मृतकाको माइत गाजोलको इचाहारमा अवस्थित छ। घटनापछि मृतकाको एकजना आफन्त अनि स्थानीय तृणमूल कङ्ग्रेस पञ्चायत सदस्यले दाबी गरेका थिए, अनिताले बितेका तीन महिनादेखिको अन्नपूर्ण योजनाको राशि पाइरहेकी थिइन, त्यसैले उ चिन्तित थियो अनि पतिसित विवाद भएपछि उसले आत्महत्या गरी।
मृतकाका देवर सामिरुल रहमान र करकच ग्राम पञ्चायतका तृणमूल सदस्य मोसारेकुल अनवारले पनि दाबी गरेका थिए, अनिता अन्नपूर्ण योजनाको राशिबाट वञ्चित थिइन्। उनको भनाइ थियो, आर्थिक रूपमा दुर्बल परिवारको लागि तीन हजार रुपियाँको ठूलो महत्व छ। वरपरका महिलाहरूले यस योजनाको लाभ पाइऱहेका थिए, तर अनिता यसबाट वञ्चित भएकी थिइन्।
बताइएको थियो, अनिता आफ्नो पतिलाई योजनाको आवेदन पत्रमा गलत जानकारी भरिदिएकोमा जिम्मेवार मान्थी। त्यसैले पति-पत्नीबीच विवाद भयो, त्यसपछि उसले आत्महत्या गरी।
यद्यपि शवलाई दफन गरेपछि गए आइतवार साढ़े बाह्र बजे जिल्ला पुलिस अधीक्षक अनुपम सिंहले अनिताको पति इन्जमामुल हकलाई पक्राउ गरिएको जानकारी दिए। उनले बताए, मृतकाको भाइ अनिसुर आलमको लिखित सिकायतको आधारमा घटना भएको राती नै इन्जमामुललाई पक्राउ गरिएको थियो।
पुलिसले आरोपीलाई आइतवार मालदा अदालतमा पेश गऱ्यो। अदालतले उसलाई 6 दिनको पुलिस हिरासतमा पठाइदिएको छ। पुलिसानुसार इन्जमामुलविरूद्ध पत्नीलाई आत्महत्या गर्नको लागि उक्साेको, घरेलु हिंसा अनि दाइजो उत्पीड़नसित सम्बन्धित आरोपहरू लगाइएको छ।
पुलिसको भनाइ छ, इन्जमामुलमाथि आफ्नी पत्नीलाई प्रताड़ित गरेको आरोप छ। घटना घटेको दिन पनि उसले अनिताको माइतमा फोन गरेर उसले आत्महत्या गरेको सूचना दिएको थियो। त्यसपछि पुलिसले मामिलाको जाँच शुरू गऱ्यो।
पुलिसको प्रारम्भिक जाँच अनुसार अन्नपूर्ण योजनाको राशि नपाएको कुरालाई आरोपीले कथित रूपमा आफ्नी पत्नीको मृत्युको वास्तविक कारणलाई लुकाउनको लागि फैलिएको थियो। यस मामिलामा पुलिसले आत्महत्या गर्नको लागि उक्साएको अनि उत्पीड़न गरेको आरोपलाई लिएर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा