सिलगढ़ीका व्यापारी समर मण्डल नेपालमा बेपत्ता, पर्यटन मन्त्री शङ्कर घोषले परिवारसित भेट गरे
सिलगढ़ीका व्यापारी समर मण्डल नेपालमा बेपत्ता, पर्यटन मन्त्री शङ्कर घोषले परिवारसित भेट गरे


सिलगढ़ी, 28 अगस्त (हि.स.)। मानसरोवर यात्रामा गएका सिलगढ़ीका व्यापारी समर मण्डल बेपत्ता भएको खबरले उनको परिवारमा चिन्ता एवं भय व्याप्त भएको छ। शुक्रवार राज्यका पर्यटन मन्त्री शङ्कर घोषले सिलगढ़ीको शान्तिनगरस्थित समर मण्डलको घरमा पुगेर उनको परिवारसित भेट गरे। मन्त्री घोषलाई देखेर व्यापारीकी पत्नी अनि पिता भावुक भएर रोए। मन्त्री घोषले परिवारका सदस्यहरूबाट समर मण्डलको बारेमा जानकारी लिएर यो बुझ्ने प्रयास गरे कि उनले अन्तिम पटक परिवारसित कहिले सम्पर्क गरेका थिए।

परिवारले बताए अनुसार नेपालमा बाढ़ी आएको बिहान समर मण्डल तिब्बत-नेपाल सीमाको इमिग्रेशन सेन्टरमा उपस्थित थिए। त्यहीँबाट उनले अन्तिम पटक फोनमा परिवारसित बातचित गरेका थिए। त्यसपछि उनीसित कुनै सम्पर्क हुन सकेको छैन। समर मण्डल बेपत्ता भएपछि परिवारमा भय अनि चिन्ता व्याप्त भएको छ। परिवारसित भेट गर्नका साथै मन्त्रीले यस मामिलालाई लिएर अधिकारीहरूसित चर्चा पनि गरे।

मन्त्री शङ्कर घोषले बताए, अहिलेसम्म समर मण्डलको बारेमा कुनै सुइँको पाइएको छैन। तथापि प्रशासनले सम्बन्धित क्षेत्रको स्थितिमाथि लगातार नजर राखिरहेको छ। उनलाई खोज्नको लागि आवश्यक स्तरमा सम्पर्क एवं प्रयास गरिँदैछ। मन्त्रीले आश्वासन दिए, समर मण्डलको सम्बन्धमा कुनै पनि नयाँ जानकारी पानसाथ उनको परिवारलाई सूचित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande