
गुवाहाटी, 28 अगस्त (हि.स.)। शुक्रवार बिहान भएको घना वर्षापछि गुवाहाटीको जोराबाट तिनाली क्षेत्रमा पानी भरिएको छ जसले गर्दा राष्ट्रिय राजमार्ग-27 र 6 मा यातायात पूर्ण रूपले ठप्प भएको छ। राहत एवं बचाउ कार्यको लागि एसडीआरएफको टीम घटनास्थलमा पुगिसकेको छ।
जोराबाट फ्लाइओभर मुनि 4-5 फुट पानी जमिएको कारमले आवागमन पूर्ण रूपले अवरूद्ध भएको छ। सड़क किनारमा बसोबास गर्ने मानिसहरूलाई घरबाट बाहिर निक्लिन गाह्रो भइरहेको छ। स्थानीय मानिसहरको भनाइ छ, मेघालयमा अवैध रूपमा पहाड़ काट्ने कार्य भइरहेकोले पहाड़बाट बगेर आएको रातो माटो र पानी सोझै सड़कमा पुग्छ। यसले गर्दा सामान्य वर्षा हुनसाथ क्षेत्रमा जलजमाउको समस्या उत्पन्न हुन्छ।
वर्षाको कारणले जोराबाट अतिरिक्त 11 माइल, 10 माइल, 9 माइल 8 माइल आदि क्षेत्रमा पनि राष्ट्रिय राजमार्ग-27 मा पानी जमिएर समस्या उत्पन्न भएको छ। फलस्वरूप यस मार्ग भएर गुज्रिने वाहन चालक र बटुवाहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा