
कोलकाता, 31 अगस्त (हि. स.)। पूर्व राष्ट्रपति, पूर्व केन्द्रिय मन्त्री औ भारत रत्न प्रणव मुखर्जीको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे। उनले सोमवार सामाजिक माध्यममा पोस्ट गरी देशका पूर्व राष्ट्र्पतिको राजनीतिक एवं प्रशासनिक योगदानलाई स्मरण गरे।
शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा लेखे, “प्रख्यात राजनेता, पूर्व राष्ट्रपति, पूर्व केन्द्रिय मन्त्री तथा भारत रत्न श्री प्रणव मुखर्जीको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली।”
प्रणव मुखर्जीको जन्म 11 दिसम्बर, 1935-मा पश्चिम बङ्गालको बीरभूम जिल्लास्थित मिराती गाउँमा भएको थियो। उनले इतिहास र राजनीतिक विज्ञानमा स्नातकोत्तरसितै कानून पनि बढ़ेका थिए। वर्ष 1969- मा राज्यसभा सदस्य भएर उनले सक्रिय राजनीतिमा प्रवेश गरे। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको मार्गदर्शनमा उनको राजनीतिक जीवन द्रूत गतिमा अगाड़ि बढ़्यो।
लामो राजनीतिक जीवनमा प्रणव मुखर्जीले वित्त, रक्षा, विदेश औ वाणिज्य जस्ता महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हाले। आफ्नो उत्कृष्ट संसदीय अनुभव, प्रशासनिक क्षमता एवं राजनीतिक बुझाईले उनले भारतीय राजनीतिमा भिन्नै पहिचान बनाए।
वर्ष 2012- मा प्रणव मुखर्जी भारतका 13औं राष्ट्रपति निर्वाचित भए भने वर्ष 2017-सम्म उनी यस पदमा आसिन रहे। सार्वजनिक जीवनमा उनले पुऱ्याएका योगदानको निम्ति उनलाई पद्म विभूषण र देशकै सर्वोच्च नागरिक सम्मान भारत रत्न सहित केही प्रतिष्ठित सम्मानहरूबाट सम्मानित गरियो। 31 अगस्त, 2020-मा प्रणव मुखर्जीको निधन भयो। उनको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्रद्धाञ्जली अर्पण गर्दै देशको निम्ति उनले पुऱ्याएको योगदानलाई सम्झिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा