
मेदिनीपुर, 31 अगस्त (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राममा मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार प्रशासनिक बैठक गरे। रेयापाड़ामा आयोजित यस कार्यक्रमको माध्यमबाट उनले नन्दीग्राम विधानसभा क्षेत्रमा जनकल्याणसित सम्बन्धित विभिन्न परियोजनाहरूको उद्घाटन गरे। मुख्यमन्त्रीले नन्दीग्राममा नयाँ दमकल केन्द्रको पनि उद्घाटन गरे।
यस अवसरमा आयोजित सभामा मुख्यमन्त्रीले भने, नन्दीग्रामका मानिसहरूसित उनको दुई दशकभन्दा पुरानो सम्बन्ध छ। उनले भने, आज नन्दीग्रामको लागि महत्वपूर्ण दिन हो। क्षेत्रमा 32 वटा सड़कहरूको निर्माण तथा मरम्मत कार्य गरिँदैछ। उनले भने, नन्दीग्राममा विकासको नयाँ अध्याय शुरू भइरहेको छ।
मुख्यमन्त्रीले बताए, नन्दीग्राममा 11 हजार 700 घरहरू निर्माण गरिनेछ। उनले नन्दीग्रामको हरिपुरमा दमकल केन्द्रको उद्घाटन भएको जानकारी दिए। मुख्यमन्त्रीले भने, नन्दीग्रामका अधिकांश महिलाहरूलाई अन्नपूर्ण योजना अन्तर्गत आर्थिक सहायता दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा