वर्षाले माटोको घर भत्किएर पिता-पुत्रीको मृत्यु
rainfall. representational


मेदिनीपुर, 31 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन-दुई खण्ड अधिनस्थ जाहालदा गाउँमा मुसलधारे पानीले गर्दा माटोको घर भत्किएर पिता-पुत्रीको दबिएर पीड़ादायी मृत्यु भयो। यो घटना गए आइतवार अबेर राती भएको हो।

स्थानीय निवासी रामकृष्णले हिन्दुस्थान समाचार-लाई फोन मार्फत बताए, जाहाला गाउँ निवासी निरञ्जन प्रधान आफ्नो परिवारका सदस्यहरूसित राती घरमा सुतिरहेका थिए। यसै अवधि अचानक माटोको घरको एक भाग भत्किएर झऱ्यो। यसैका अवशेषहरूमा परिवारका केही सदस्यहरू पुरिए।

छिमेकीहरूको तत्परताले परिवारका अन्य सदस्यहरूलाई सुरक्षित बाहिर निकालियो, तर निरञ्जन र उनकी छोरी दुर्गा प्रधान भित्रै फसे। सूचना पाएपछि स्थानीय मानिसहरू तत्काल घटनास्थलमा पुगे अनि दुवैलाई बाहिर निकालेर एगरा सुपर स्पेशलिटी अस्पतालमा पुऱ्याए।

अस्पतालमा चिकित्सकहरूले जाँज गरेपछि निरञ्जन प्रधान र छोरी दुर्गा प्रधानलाई मृत घोषित गरिदिए। यस पीड़ादायी घटनापछि जाहाला गाउँ शोकमा डुबेको छ। घना वर्षाबीच भएको यस घटनापछि क्षेत्रवासीमा भय व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande