
पूर्व बर्दवान, 31 अगस्त (हि. स.)। गरीबहरूलाई पक्का घर उपलब्ध गराउने उद्देश्यले सरकारद्वारा दिइने आवास योजनाको सहायता राशिको कथित दुरूपयोगको मामिला प्रकाशमा आएको छ। पूर्व बर्दवान जिल्लाको मन्तेश्वर थाना क्षेत्रमा आवास योजना अन्तर्गत राशि लिएको भए पनि घर निर्माण नगरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। व्यक्तिको पहिचान ममुदपुर गाउँ निवासी गोपाल दासको रूपमा भएको छ।
आरोप छ, उसले सरकारी आवास योजना अन्तर्गत घर निर्माण गर्नको लागि सहायता राशि प्राप्त गरेको थियो, तर लामो समय बितिसकेपछि पनि घर निर्माण गरेन। घरको निर्माण कार्य शुरू नगरेको मामिलालाई लिएर प्रशासन समक्ष सिकायत दर्ता गरियो। सिकायत प्राप्त भएपछि मन्तेश्वर थानाको पुलिसले मामिलाको जाँच शुरू गऱ्यो। जाँच अवधि आरोपहरूलाई साँचो पाइयो, त्यसपछि पुलिसले आइतवार गोपाल दासलाई पक्राउ गऱ्यो।
पुलिसले यस कुराको जाँच गरिरहेको छ कि आवास योजनाको राशि कुन प्रक्रिया अन्तर्गत प्राप्त गरियो र सरकारी सहायता राशिको उपयोग घर निर्माणको सट्टा कहाँ गरियो। प्रशासनको पक्षबाट आवास योजनाको सरकारी राशिको दुरूपयोग गर्नेहरूविरूद्ध भविष्यमा पनि कड़ा कारबाही गरिने कुरा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा