भाषा संग्रामी उत्तमकुमार छेत्री सम्मानित
Uttam Kumar chettri felicitated


खरसाङ, 31 अगस्त (हि.स.)। नेपाली भाषा मान्यता आन्दोलनका एक सक्रिय एवं समर्पित योद्ध उत्तमकुमार छेत्रीलाई सम्मान जनाइएको छ। गोर्खा जनपुस्तकालय खरसाङ, प्रज्ञा साझा मञ्च र सूचना अनि सांस्कृतिक विभाग, जीटीए खरसाङको संयुक्त आयोजनामा सम्पन्न सप्ताहव्यापी नेपाली भाषा मान्यता दिवस समारोहमा भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई सम्मान जनाइएको हो।

उनलाई समारोह अध्यक्ष प्रकाश प्रधान, प्रमुख अतिथि खरसाङका विधायक सोनाम लामा, विशिष्ट अतिथि एवं वरिष्ठ साहित्यकारद्वय डा जीवन नामदुङ र पूर्ण गुरुङ 'निरुपम' आदिको बाहुलीबाट खदार्पणसहित शिर शोभा र शल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयो।

उल्लेखनीय छ, भाषा संग्रामी उत्तमकुमार छेत्रीले नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको नेपाली भाषा मान्यताको आन्दोलनमा महत्वपूर्ण योगदानलाई लिएर युवा साहित्यकार हनोक थापाको पुस्तक 'नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय र समर्पित योद्धा उत्तमकुमार छेत्री' प्रकाशोन्मूख छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande