
गान्तोक, ३१ अगस्त (हि.स.)। तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमद्वारा हरेक वर्ष प्रदान गरिने तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२७ का लागि भारतभरिका साहित्यकारहरूबाट साहित्यिक कृतिहरू पठाउन हार्दिक आह्वान गरिएको छ।
प्रतिष्ठानका समन्वयक डिल्लीप्रसाद अधिकारीले सन् २०२३, २०२४ वा २०२५ भित्र प्रथम संस्करणमा प्रकाशित पुस्तकहरू मात्र चयनका लागि मान्य रहने आज जारी प्रेस विज्ञप्तिमा बताएका छन्। उनले प्रतिष्ठानलाई पठाइने पुस्तकहरू साहित्यका कुनै पनि विधाका हुन सक्ने उल्लेख गरेका छन्।
विज्ञप्तिका अनुसार, यस पुरस्कारमा रु. ५१,००० नगद, प्रशस्ति-पत्र तथा स्मृति–चिन्ह समावेश गरिएको छ। एक लेखकले आफ्नो एउटा मात्र पुस्तकका चार प्रति निम्न ठेगानामा पठाउन सकिनेछ। पुस्तकहरू ३१ अक्टोबर, २०२६ भत्रै आइपुग्ने गरी 'श्रीमती हिरालता शर्मा, कश्यप सदन, कन्या पाठशाला मार्ग, गान्तोक, सिक्किम 737101, फोन: 7866070221' पठाइदिन अनुरोध गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल