उत्तर प्रदेशको प्रतापगढ़ जिल्लामा वर्षाका क्रममा घर भत्कोेको कारण एकै परिवारका 6 जनाको मृत्यु
प्रतापगढ़ मकान गिरने से छः लोगों की मौत


प्रतापगढ, 06 अगस्त (हि.स.)। उत्तर प्रदेशको प्रतापगढ़ जिल्लाको नगर कोतवाली अन्तर्गत महुली मन्डी नजिकै बिहिवार बिहान लगभग 3 बजी रातिदेखि निरन्तर वर्षाका कारण एउटा जीर्ण घरको छत ढल्यो। दुर्घटनामा एकै परिवारका 6 जना सदस्यको मृत्यु भएको छ।

सूचना पाएपछि पुलिस र जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगे। दुई घण्टाभन्दा बढ़ी समयसम्म चलेको उद्धारपछि 6 जनालाई भग्नावशेषबाट बाहिर निकालेर जिल्ला अस्पतालमा लगियो। जहाँ डाक्टरले उनीहरूलाई मृत घोषित गरे। परिवारका एक जना सदस्य मात्रै दुर्घटनामा बाँचेका छन्।

दुर्घटनामा प्रमोद श्रीवास्तव (60), उनकी पत्नी रीता श्रीवास्तव (55), छोरा नितिन (25), माधुरी (23), माधव (2) र चार महिनाको बच्चाको मृत्यु भएको सर्कल अफिसर (सिटी) आशुतोष मिश्राले बताए। घटनामा परिवारका अमन सकुशल बच्यो। यो घर लगभग 100 वर्ष पुरानो रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande