बालुवा तस्करीको आरोपमा चालक पक्राउ, डम्पर जफत
बालुवा तस्करीको आरोपमा चालक पक्राउ, डम्पर जफत


सिलगढ़ी, 10 सेप्टेम्बर (हि. स.)। ग्रीन ट्रिब्यूनलले निर्देश दिएको भए पनि नदीबाट अवैध रूपमा बालुवा चोरी तथा तस्करी हुन छोड़ेको छैन। नक्सलबाड़ी थानाको पुलिसले कारबाही गर्दै बालुवा लादिएको एउटा डम्परलाई जफत गरी त्यसको चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान बिहारको किशनगञ्ज निवासी मासरेकुल आलमको रूपमा भएको छ।

पुलिस अनुसार, नक्सलबाड़ीको पानीघाटा मोड़मा बिहान सवेरै जाँच गर्ने क्रममा बालुवा लादिएको डम्परलाई रोकियो। चालकलाई बालुवा परिवहनसित सम्बन्धित वैध दस्तावेज देखाउन भनियो जसले केही पनि देखाउन सकेन। त्यसपछि अवैध रूपमा बालुवा तस्करी ग रेको आरोपमा चालकलाई पक्राउ गरी डम्परलाई जफत गरियो। आरोपीलाई बिहीवार सिलगढ़ी अदालतमा पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande