अदालतले दिएको सुरक्षा हट्नसाथ टीएमसी सांसद अभिषेकका सहयोगी सुमित राय पक्राउ
सुमित राय


कोलकाता, १० सेप्टेम्बर (हि.स.)। सर्वोच्च अदालतबाट कानूनी सुरक्षा हटेको केही समयमै पश्चिम बंगाल सीआईडी र एसटीएफले तृणमूल कांग्रेसका सांसद अभिषेक ब्यानर्जीका सहयोगी सुमित रायलाई पक्राउ गरेको छ। शालबनी जमीन भ्रष्टाचार प्रकरणमा पक्राउ गरिएका रायलाई सोधपुछका लागि भवानी भवन लगिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा सुमित रायको पक्राउको पुष्टि गरेका छन्। उनले सुमित रायलाई ‘भाइ’को मुख्य सङ्कलक अर्थात् रकम असुल्ने व्यक्ति भएको दाबी समेत गरे।

बिहिवार सर्वोच्च अदालतले सुमित रायलाई प्राप्त कानूनी सुरक्षा समाप्त गरेपछि अनुसन्धान निकायहरू तत्काल सक्रिय भए। केही समयमै सीआईडी र एसटीएफको ठूलो टोली कालीघाट स्थित १२१, कालीघाट रोड पुग्यो। अनुसन्धान अधिकारीहरूले सुमित राय त्यस समय अभिषेक ब्यानर्जीको निवासमा रहेको सूचना पाएका थिए। त्यसपछि अधिकारीहरू भिडियोग्राफर सहित त्यहाँ पुगे।

अधिकारीहरू पुग्दा निवासको मुख्य द्वारमा ताला लगाइएको पाइयो। त्यसपछि अधिकारीहरूले आवाज दिएर ढोका खोल्न लगाए। परिसरमा प्रवेश गर्ने क्रममा सुरक्षा कर्मचारीसँग अधिकारीहरूको धकेलाधकेल समेत भएको आरोप छ। सुरक्षा घेरा पार गर्दै सीआईडी अधिकारीहरू परिसरभित्र प्रवेश गरे।

भित्र पुगेपछि अधिकारीहरूले सुमित रायलाई घेराबन्दी गरी लामो समयसम्म सोधपुछ गरे। त्यसपछि उनलाई पक्राउ गरी अनुसन्धान निकायको गाड़ीमा राखेर लगियो। सम्पूर्ण कारबाहीको सीआईडीले भीडियोग्राफी समेत गरेको छ। शालबनी जमीन प्रकरणमा सुमित रायसँग थप सोधपुछ गरिने जनाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande