गोलाघाट अस्पतालबाट बन्दी भागेको मामिलामा महिला डाक्टर पक्राउ
गोलाघाट अस्पतालबाट बन्दी भागेको मामिलामा महिला डाक्टर पक्राउ


गोलाघाट (असम), 10 सेप्टेम्बर (हि.स.)। गोलाघाटको शहीद कुशल कोँवर असामरिक अस्पतालबाट बन्दीहरू भागेको मामिलामा गोलाघाट जिल्ला कारावासकी महिला चिकित्सक डा. कावेरी कुर्मीलाई पक्राउ गरिएको छ। पुलिसले गए 9 सेप्टेम्बरको राती उनलाई पक्राउ गरेको हो।

पुलिसको जाँच अनुसार तीन वटा हत्याकाण्डका मुख्य आरोपी नजिबुर रहमानलाई कथित रूपमा बारम्बार बिमार बताएर अस्पतालमा पठाइन्थ्यो। आरोप छ, चिकित्सकले उसलाई योजनाबद्ध ढङ्गमा उपचारको लागि अस्पताल पठाउनमा भूमिका निभाइन् जसको फाइदा उठाएर उ अस्पतालबाटै भाग्यो।

यस मामिलामा यसअघि एकजना पुलिसकर्मी एवं दुई जना होम गार्ड जवानहरूलाई पक्राउ गरिसकिएको छ। नजिबुर रहमानका भाइ हिजबुर रहमानलाई पनि पुलिसले पक्राउ गरेको छ।

नजिबुर रहमानसित रूपम कलिता र अजय गोवाला नामक अन्य दुई जना बन्दीहरू अस्पतालको वार्डबाट भागेका थिए जसलाई पुलिसले खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande