
गुवाहाटी, 13 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रदेश सरकारका पूर्व मन्त्री तथा आफ्नो लामो समयसम्मका साथी सिद्दीक अहमदको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आइतवार सोशल मिडियामा एउटा पोस्टक माध्यमबाट दिवङ्गत नेतालाई श्रद्धाञ्जली अर्पण गरे अनि उनको परिवारप्रति संवेदना व्यक्त गरे।
मुख्यमन्त्रीले भने, सिद्दीक अहमद एकजना जनप्रिय विधायक थिए जसले सदैव मानिसहरूको कल्याणलाई प्राथमिकता दिए। मन्त्रीको रूपमा पनि उनले आफ्नो विभागको जिम्मेवारीलाई पूर्ण निष्ठा अनि परिपक्वताको साथमा निर्वहन गरे।
डा. हिमन्त बिस्व सरमाले भने, राजनीतिक मतभेदहरूदेखि माथि उनको र सिद्दीक अहमदको गहिरो मित्रवत सम्बन्ध थियो। जीवनको कठिन समयमा दुवै एका-अर्काको साथमा रहे। उनले भने, अहमदको निधनबाट श्रीभूमिको सामाजिक जीवनसँगसँगै असमको प्रशासनिक क्षेत्रमा समेत गहिरो शून्य उत्पन्न भएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सिद्दीक अहमदकी पत्नी अनिमा र शोकसन्तप्त परिवारप्रति आफ्नो गहिरो संवेदना व्यक्त गर्दै ईश्वरसित दिवङ्गत आत्माको चिर शान्ति तथा यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति प्रदान गरुन् भनी ईश्वरसित प्रार्थना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा