
किशनगञ्ज, १३ सेप्टेम्बर (हि.स.)। सन्तरी ड्युटीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) का एक जवानले आफ्नो सरकारी इन्सास राइफलले गोली हानेर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ।
घटनापछि एसएसबी तथा पुलिस विभागमा कोकोहोलो मच्चिएको छ। प्रारम्भिक अनुसन्धानमा घटनाको पछाड़ी कथित प्रेमसम्बन्धलाई कारण मानिएको छ। यद्यपि पुलिसले घटनाका विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ।
घटनाको सूचना प्राप्त हुनासाथ एसएसबीका डीआईजी एकेसी सिंह, ठाकुरगञ्जका एसडीपीओ मनोज कुमार सिंह तथा सीआई पंकज कुमार घटनास्थलमा पुगे। अधिकारीहरूको उपस्थितिमा विधि विज्ञान प्रयोगशालाको टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण गऱ्यो।
टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गर्नुका साथै त्यहाँ उपस्थित जवानहरूसँग पनि सोधपुछ गरेको छ। प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको निरीक्षणका आधारमा जवानले राति लगभग १२ बजीदेखि बिहान ३ बजीबीच सन्तरी ड्युटीका क्रममा आफ्नो सरकारी इन्सास राइफलले टाउकोमा गोली हानेको बताइएको छ। घटनास्थल नजिकैबाट इन्सास राइफलको एउटा खोका पनि जफत गरिएको छ। घटनापछि मृतकको मृत्यु समीक्षा रिपोर्ट तयार गरी शवलाई पोस्टमार्टमका लागि सदर अस्पताल, किशनगञ्ज पठाइएको छ।
थानाध्यक्ष गौतम कुमारले मृतकको पहिचान चयन मण्डल, पिता प्रफुल्ल मण्डल, निवासी जगाई बासन, थाना दीघा मोहन कोस्टल, जिल्ला पूर्व मेदिनीपुर, पश्चिम बङ्गालका रूपमा भएको बताए। घटनाको जानकारी उनका परिवारजनलाई दूरभाष मार्फत दिइएको छ।
पुलिस अनुसार, परिवारजनबाट निवेदन प्राप्त भएपछि नियमानुसार थप कारबाही गरिनेछ। पुलिसले आत्महत्याको कारण तथा कथित प्रेमसम्बन्ध सहित अन्य पक्षबाट पनि अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी