
खरसाङ, १९ सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार निवासी इशान्त प्रधानले कोलकातामा भएको पश्चिम बंगाल राज्यस्तरीय कराते चयनमा सिल्भर मेडल जित्न सफल भएका छन्। उक्त कराते टुर्नामेन्ट पश्चिम बंगाल राज्य काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्सको आयोजनामा स्कूल गेम्स फेडेरेशन अफ् इण्डियाले गरेको थियो।
सिविटार निवासी पिता सरित प्रधानका सुपुत्र इशान्त प्रधान खरसाङको सन्त अल्फन्सेस विद्यालयकमा एघारौं श्रेणीमा अध्ययनरत् इशान्तले मार्शल आर्ट एण्ड फिटनेश एकेडेमी खरसाङमा प्रशिक्षण लिइरहेका छन्। उनी एकेडेमीका सेन्सी सन्दीप प्रधानको अगुवाईमा अन्य कराते खेलाडीहरुसॅंग कोलकोता गएका थिए।
इशान्त प्रधानले पश्चिम बंगाल राज्यस्तरीय कराते चयनमा सिल्भर मेडल जितेर आफ्नो गाउँ-समाज, स्कूल र एकेडेमीको नामसमेत रोशन गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक