दुई वटा वाहन आपस्तमा ठोक्किँदा तीन जना मानिसहरू घाइते
दुई वटा वाहन आपस्तमा ठोक्किँदा तीन जना मानिसहरू घाइते


जलपाईगुड़ी, 02 अगस्त (हि. स.)। सिलगढ़ी-जलपाईगुड़ी राष्ट्रिय राजमार्गमा बुधवार भएको सड़क दुर्घटनामा तीन जना मानिसहरू घाइते भए। दशदरङ्गाको छेउमा घोषपाड़ा लाल स्कूल क्षेत्रमा एउटा निजी बस र सानो यात्रु वाहक वाहन आपस्तमा ठोक्कियो। ठक्करपछि सानो वाहन उछिटिएर सड़कदेखि टाड़ा पुगेर झऱ्यो जसले गर्दा वाहन पूर्ण रूपमा क्षतिग्रस्त भयो।

प्राप्त जानकारी मुताविक एक निजी यात्री बस सिलगढ़ीदेखि अलिपुरद्वार तर्फ गइरहेको थियो। यसै अवधि विपरीत दिशाबाट आइरहेको एउटा सानो वाहनसित बस ठोक्कियो। यस भयानक ठक्करले सानो वाहन टाड़ा पुगेर जऱ्यो जसबाट वाहन पूर्ण रूपमा क्षतिग्रस्त भयो। यस दुर्घटनामा सानो वाहनमा सवार तीन जना मानिसहरू घाइते भए। स्थानीय मानिहरूको सहयोगमा घाइतेहरूलाई वाहनबाट बाहिर निकालियो अनि उपचारको निम्ति फूलबाड़ीको एक निजी अस्पतालमा भर्ती गरियो। घटनाको सूचना पाएर जलपाईगुड़ी कोतवाली थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले दुर्घटनाग्रस्त दुवै वाहनहरूलाई कब्जामा लिएर मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande