घर बाहिर सुतिरहेका वृद्धको हत्या
Murder


इटावा, 02 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको इटावा जिल्लाको इकदिल थाना क्षेत्र अन्तर्गत परमधाम गाउँमा आफ्नो घर बाहिर खाटमा सुतिरहेको बेला 60 वर्षीय एक व्यक्तिलाई चपाराले प्रहार गरी हत्या गरिएको छ। सूचना पाएपछि पुलिस र फरेन्सिक टोली घटनास्थलमा पुगे र घटनाको अनुसन्धान शुरु गरे।

मृतकका छोरा अनिल कुमारले भने, उनका पिता सिद्ध स्वरूप घरबाट लगभग 60 फिट टाढ़ा जनावरको छेउमा रहेको जामुनको रूखमुनि खाटमा सुतिरहेका थिए। मङ्गलवार राति पनि उनी त्यही सुतिरहेका थिए। बुधवार बिहान जब उनीहरूले देखे, पिता खाटमा मृत अवस्थामा लड़ेका थिए र खाट नजिकै एउटा चपारा पनि फेला परेको थियो। उनी सुतिरहेको बेला कसैले चपारा प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ। परिवारको कसैसँग पनि शत्रुता वा वैमनस्य हुँदैन।

इकदिल थाना क्षेत्र अन्तर्गत परमधाम गाउँमा खाटमा सुतिरहेका 60 वर्षीय सिद्ध स्वरूपको कसैले हत्या गरेको पुलिस क्षेत्राधिकारी नगर अवनीश कुमारले बताए। सूचना पाएपछि पुलिस र फरेन्सिक टोली घटनास्थलमा पुग्यो र अनुसन्धान शुरु गऱ्यो। घटनाको विस्तृत विवरण चाँड़ै नै सार्वजनिक हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande