
पश्चिम बर्दवान, 02 सेप्टेम्बर (हि. स.)। बितेका तीन दिनदेखिको लगातार परिरहेको मुसलधारे पानीले गर्दा म्याथन र पञ्चेत ड्यामको जलस्तर द्रूत गतिमा बढ़िरहेको छ। दुवै ड्याममा पानीको स्तर खतराको निशानको छेउमा पुगिसकेको छ जसबाट मानिसहरू चिन्तित भएका छन्।
जानकारी अनुसार म्याथन डैमको वर्तमान जलस्तर 485 फुट छ भने खतराको निशान 495 फुट निर्धारित छ। यता पञ्चेत डैमको वर्तमान जलस्तर 415 फुट र खतराको निशान 425 फुट रहेको बताइएको छ। दुवै ड्यामको पानी खतराको निशानदेखि लगभग दश फुट तल बगिरहेको छ।
बढ़्दो जलस्तरललाई मध्यनजर गर्दै दामोदर भ्याली निगम (डीभीसी)-सित सम्बन्धित अधिकारीहरूले ड्यामहरूको स्थितिमाथि लगातार नजर राखिरहेका छन्। जलस्तर र नदीको प्रवाहको निगरानी गर्नमा केन्द्रिय जल आयोग (सीडब्ल्यूसी)-ले पनि भूमिका निभाइरहेको छ। ड्यामहरूमा बढ़्दो पानीको दबावलाई नियन्त्रित राख्नको लागि डीभीसीद्वारा आवश्यकता अनुसार नियन्त्रीत ढङ्गमा पानी छोड़िँदैछ।
ड्यामबाट पानी छोड़िएको कारणले बराकर र दामोदर नदीको जलस्तर बढ़्ने सम्भावनालाई केन्द्र गर्दै पश्चिम बर्दवान जिल्ला प्रशासन, आपदा प्रबन्धनसित सम्बन्धित विभागहरू अनि स्थानीय प्रशासन सतर्क रहन आवश्यक छ। नदी किनार अनि तल्लो क्षेत्रका बासिन्दाहरूलाई पनि सतर्क रहने तथा नदीको किनारमा अनावश्यक रूपमा नजाने प्रशासनले अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा