मुख्यमन्त्री रेखा गुप्ता विश्व आध्यात्मिक सम्मेलनमा सामेल भइन्
मुख्यमन्त्री रेखा गुप्ता विश्व आध्यात्मिक सम्मेलनमा सामेल भइन्


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आठ दिवसीय 30औं विश्व आध्यात्मिक सम्मेलनको समापन कार्यक्रममा सामेल भएर सावन कृपाल रूहानी मिशनका प्रमुख सन्त राजिन्दर सिंह जी महाराजसित भेट गरिन्। किरपाल बाग र सन्त दर्शन सिंह जी धाम बुराड़ीमा आयोजित यस सम्मेलनमा रूहानी मिशनका प्रमुखको 80औं जन्मदिवस पनि मनाइयो।

गत 13 सेप्टेम्बरदेखि शुरू भएको यस आठ दिवसीय आयोजनमा दुई लाखभन्दा अधिक मानिसहरूले भाग लिए। कार्यक्रममा भाजपा विधायक अशोक गोयल, विभिन्न धर्महरूका आध्यात्मिक नेता औ 650 भन्दा अधिक अन्तर्राष्ट्रिय प्रतिनिधिहरू सामेल भए। समापन कार्यक्रममा ध्ान र आध्यात्मिकतामाथि विचार-विमर्श सहित 68औं रक्तदान शिविर, 43औं निःशुल्क नेत्र जाँच एवं मोतीबिन्दु सर्जरी शिविर औ 23औं वस्त्र वितरण शिविर आयोजना गरियो।

सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, स्विटजरल्याण्ड, क्यानडा लगायत अन्य देशहरूबाट आएका 650 जनाभन्दा अधिक प्रतिनिधिहरू सामेल भए। समापनको अवसरमा सन्त राजिन्दर सिंह जी महाराजले ध्यानलाई भित्रतिर मोड़िने अनि ईश्वरसित जोड़िने मुख्य माध्यम बताए। उनले भने, भड़्काउने वस्तुहरूले भरिएको यस दुनियाँमा हामीले ईश्वरसित जोड़िन तथा जीवनको साँचो उद्देश्य र ईश्वरलाई पाउनको लागि आफूभित्र चियाउनुपर्छ।

मुख्यमन्त्री रेखा गुप्ताले सन्त राजिन्दर सिंह जी महाराजलाई जन्मदिनमा बधाई दिइन्। साथै ध्यान, शान्ति र मानवताको सेवाप्रति उनको दशकौं लामो समर्पणको सराहना गरिन्। मुख्यमन्त्रीले भनिन्, उनको बारेमा उनलाई जति थाहा छ त्यो के हो भने इञ्जीनियरिङ्गदेखि आध्यात्मिकतासम्मको उनको अद्भुत यात्राले प्रभावित पार्छ। अन्तमा माता रीटा र अन्यले गुरु नानक देव जी महाराजको वाणीबाट एउटा भावपूर्ण भजन “हम घर साजन आए” प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande