
मुम्बई, 22 सेप्टेम्बर (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) बम्बेले छात्र साहिल वाकोडेको आत्महत्या मामिलाको गहन अनुसन्धान पुलिसले सीसीटीभीको सहयोगले गरिरहेको छ। यसको साथै भविष्यमा यस किसिमका घटनाहरूको पुनरावत्तिलाई रोक्नको लागि संस्थान प्रशासनले होस्टेलका कोठाहरूबाट सिलिङ फ्यानलाई हटाएर त्यसको सट्टा भित्तामा फ्यान जड़ान गर्ने काम मङ्गलवारदेखि शुरू गरेको छ।
यस मामिलाको जाँच गरिरहेका पुलिस अधिकारीले आज बताए, साहिल वाकोडेलाई होस्टेल नम्बर-4 स्थित आफ्नो कोठामा मृत फेला पारिएको थियो। साहिलको मृत्युको ममिलामा सीसीटीभी फुटेजको जाँच एउटा महत्वपूर्ण पक्ष भएको छ। क्राइम ब्राञ्चको टीमले एग्जाम हलदेखि लिएर होस्टेलसम्मको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ ताकि घटना अगाड़िको साहिलका गतिविधिहरूलाई क्रमगत रूपमा राख्न सकियोस्।
घटना घटेको दिन अपरान्ह 12.30 देखि 12.45 बजेबीच एग्जाम हलको सीसीटीभी फुटेजमा साहिलका गतिविधिहरू रेकर्ड भएको थियो। परीक्षा सिद्धिन 15 मिनट बाँकी थियो जतिबेला साहिललाई आफ्नो खल्तीमा केही हेर्नको लागि तल झुकेको देखिएको छ। त्यसपछि त्यहाँ उपस्थित एकजना प्रोफेसरले उनलाई अन्य विद्यार्थीहरूदेखि टाड़ा लिएर गए।
एग्जाम हलदेखि बाहिर निक्लिएपछि साहिललाई क्याम्पस तर्फ गइरहेको सीसीटीभीमा देखिएको छ। त्यसपछि अपरान्ह लगभग 1.25 बजे उ होस्टेलस्थित आफ्नो कोठामा प्रवेश हुन्छ। जाँच मुताविक त्यसपछि उ कोठादेखि बाहिर निक्लिएको छैन। पुलिसले अब एग्जाम हल, क्याम्पस र होस्टेलका सीसीटीभी फुटेजहरूलाई आपस्तमा जोड़ेर घटनापूर्वको सम्पूर्ण टाइमलाइन तयार गर्नमा जुटेको छ।
यस मामिलामा सोमवार, 21 सेप्टेम्बरको दिन आईआईटी बम्बे प्रशासनले विद्यार्थीहरूको मागमा प्रोफेसर सूर्यनारायण डूलालाई डीन अफ स्टुडेन्ट अफेयर्सको पदहाट हटाइदिएको छ भने साहिलका पिताको सिकायतको आधारमा मुम्बई पुलिसले एग्जामसित सम्बन्धित प्रोफेसर एवं सुपरभाइजर सूर्यनारायण डूलविरूद्ध एफआईआर दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा