न्यूयोर्कमा नेपालका विदेशमन्त्री खनालले एस. जयशंकरसँग भेटवार्ता गरे
नेपाल और भारत के विदेश मंत्री की मुलाकात


काठमाडौं, २३ सेप्टेम्बर (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा विदेशमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि भारत सरकार तथा भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका छन्।

नेपालको विदेश मन्त्रालयका अनुसार, भेटमा दुवै विदेशमन्त्रीले नेपाल र भारत सम्बन्धका विभिन्न पक्ष तथा आपसी हितका विषयमा विचारविमर्श गरेका थिए। साथै, नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय सहयोगलाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande