
नयाँ दिल्ली, 03 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिसले मुख्यमन्त्री रेखा गुप्तालाई प्रश्न सोधेकोमा कुटपिट गरेको सोशल मीडियामा प्रसारित खबरलाई गलत र भ्रामक बताएको छ। पुलिसले बिहीवार स्पष्ट पाऱ्यो, दुई जना महिलाहरूले कार्यक्रम स्थल छेउमा आफ्नो स्कुटी राखेर निर्धारित भीभीआईपी मार्गलाई बाधित गरेका थिेए। वाहन हटाएर बाटो खाली गर्नको लागि बारम्बार अनुरोध तथा निर्देश दिइएको भए पनि उनीहरूले हटाउनलाई अस्वीकार गरे।
पुलिसले बतायो, भीभीआईडी मार्गको सुरक्षा प्रोटोकललाई ध्यानमा राखेर दुवै महिलाहरूलाई अग्रिम जाँचबुझको लागि स्थानीय थानामा लगियो। दिल्लीकी मुख्यमन्त्रीलाई प्रश्न सोधेकोमा कुटपिट गरेको आऱोप पनि पूर्ण रूपले झुटो भ्रामक तथा निराधार छ। पुलिसले सोशल मीडिया यूजर्सलाई सल्लाह दिएको छ, उनीहरू असत्यापित तथा भ्रामक जानकारी प्रसारण गर्नदेखि बचुन्।
उल्लेखनीय छ, 4पीएम नेटवर्कले दिल्लीकी मुख्यमन्त्रीसित प्रश्न सोधेकामा उनीहरूका महिला पत्रकारहरूसित थानामा कुटपिट गरेको आरोप लगाइरहेको छ।
सोशल मीडिया च्यानलकी पत्रकारले थानाभित्र सम्पूर्ण मामिलाको भिडियो बनाेर दाबी गरेकी छन्, उ र उसको साथीमाथि कुटपिट गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा