जर्जर सड़क: कलई गाउँ आञ्चलिक छात्र सङ्घको उग्र प्रदर्शन
जर्जर सड़क: कलई गाउँ आञ्चलिक छात्र सङ्घको उग्र प्रदर्शन


उदालगुरी (असम), 04 अगस्त (हि.स.)। मङ्गलदै भोटिया चाङ्ग सम्पर्क मार्गको जीर्ण अवस्थालाई लिएर कलई गाउँ आञ्चलिक छात्र सङ्घले शुक्रवार व्यापक विरोध प्रदर्शन गऱ्यो। पछिल्लो लामो समयदेखिकै सड़कको मरम्मत एवं पुनर्निर्माण कार्य नभएको कारण सड़कका विभिन्नभागहरूमा ठूल्ठूला खाल्डोहरू बनिएका छन्। यसले गर्दा उक्त सड़क भएर गुज्रिने मानिसहरू, वाहन चालक तथा स्थानीय मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।

यथाशीघ्र सड़क पुनर्निर्माण गर्नुपर्ने मागमा छात्र सङ्घका कार्यकर्ताहरूले सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले सरकार तथा सम्बन्धित विभागको विरोधमा नाराबाजी गर्दै चाँड़ोभन्दा चाँड़ो निर्माण कार्यलाई पूरा गर्ने माग गरे।

छात्र सङ्घले आरोप लगायो, सड़कको दयनीय स्थितिलाई लिएर बारम्बार माग उठाउँदै आइरहेको भए पनि सम्बन्धित अधिकारीहरूले स्थायी समाधानको लागि अहिलेसम्म कुनै ठोस कदम उठाएका छैनन्। प्रदर्शनकारीहरूले चेताउनी दिए, चाँड़ै नै सड़कको मरम्मत कार्य पूरा गरी यातायातको समस्यालाई समाधान गरिएन भने आगामी दिनमा अझ व्यापक रूपमा लोकतान्त्रिक आन्दोलन शुरू गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande