
नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। दिल्ली-एनसीआरमा बितेको दुई दिनदेखिको लगातार परिरहेको मुसलधारे पानीले जनजीवनलाई पूर्ण रूपले अस्त-व्यस्त बनाइदिएको छ।
अविरल वर्षाका कारण एकातिर यहाँका मानिसहरूले आद्रतापूर्ण गर्मीबाट राहत पाएका छन् भने अर्कोतिर केही कलोनीहरू तथा तल्लो क्षेत्रहरूमा जलभराउले गर्दा घर अनि पसलहरूमा पानी पसेको छ जसबाट ठूलो नोक्सान हुनका साथै मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।
गए शनिवार पनि दिनभरि नै रोकिँदै पान पऱ्यो जसको फलस्वरूप आईटीओ, आश्रम, धौला कुवा, रिङ्ग रोड, विकास मार्ग औ दिल्ली-गुरुग्राम एक्सप्रेसवे जस्ता प्रमुख मार्गहरू पानीमा डुबे। तल्लो श्रेत्रहरू विशेष गरी सीमापुरी, सङ्गम विहार, बादली, मयूर विहार फेज-3 र नजफगढ़का केही क्षेत्रहरूमा घुँड़ा-घुँड़ासम्म पानी जमा भएको छ। जलभराउको जोखिमलाई मध्यनजर गर्दै प्रशासनलाई सतर्कतास्वरूप केही प्रमुख अण्डरपासमा ब्यारिकेडिङ्ग गरेर यातायातलाई बदल्नु पऱ्यो। दिल्ली ट्राफिक पुलिसले वाहन चालकहरूलाई जामदेखि बच्नको लागि जलभराउ भएका मार्गहरूदेखि टाड़ा बस्ने अनि वैकल्पिक मार्गहरूलाई उपयोग गर्ने सल्लाह दिएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अनुसार मनसुनको सक्रिय ट्रफ लाइन दिल्ली-एनसीआर नजिकबाट गुज्रिरहेको छ सले गर्दा यो मौसमी परिवर्तन देखिएको हो। राजधानीमा सोमवार पनि यस्तै मौसम रहने सम्भावना छ। यस अवधि हल्कादेखि मध्यम तथा कतिपय स्थानहरूमा घना वर्षा हुने सम्भावना कायम छ। लगातार पिररहेको पानीले हावाको गुणस्तर (एक्यूआई)-मा पनि ठूलो सुधार देखिएको छ।
राजधानीभरि नै नगरनिगम (एमसीडी) र लोक निर्माण विभाग (पीडब्ल्यूडी)- का कर्मचारीहरू पानी निकाल्नको लागि पम्पिङ्ग सेटको साथमा फील्डमा तैनाथ छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा