
गुवाहाटी, 06 सेप्टेम्बर (हि.स.)। कामरूप जिल्लाको लम्पीस्थित नोआपाड़ा एलपी स्कूलमा भइरहेको जनगणना कार्यमा केही मेघालय समर्थकहरूले कथित रूपमा बाधा दिएको मामिला सार्वजनिक भएको छ।
गणना भइरहँदा गाउँ प्रधान चाङ्कीओ मराक र आरथुच चाङ्गमाईले मेघालय पुलिससित मिलेर गणना प्रक्रियामा कथित रूपमा हस्तक्षेप गरे। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको असम पुलिसको उपस्थितिमा स्थितिलाई नियन्त्रण गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा