अदाणी पावर प्लान्टमा असम निवासी डीएनआर कम्पनीका मालिकको मृत्यु
अदाणी पावर प्लान्टमा असम निवासी डीएनआर कम्पनीका मालिकको मृत्यु


- अस्पताल पुऱ्याउँदा चिकित्सकहरूले मृत घोषित गरिदिए

मिरजापुर, 06 सेप्टेम्बर (हि.स.)। मड़िहान थाना क्षेत्रको ददरीस्थित निर्माणाधिन अदाणी पावर प्लान्ट परिसरमा आइतवार बिहान डीएनआर कम्पनीका मालिकको संदिग्ध परिस्थितिमा मृत्यु भयो। अचानक स्वास्थ्य बिग्रिएपछि उनी अचेत भएर भुँइमा ढले।कर्मचारीहरूले उनलाई सामुदायिक स्वास्थ्य केन्द्र मड़िहानमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। मृत्युको कारण अहिले स्पष्ट हुन सकेको छैन।

असम निवासी 45 वर्षीय मधुकरले ददरीमा निर्माणाधिन अदाणी पावर प्लान्टमा कन्ट्र्याक्टरको रूपमा काम गरिरहेका थिए। उनको कम्पनी डीएनआरले प्लान्ट परिसरमा निर्माण कार्य गरिरहेको थियो। आइतवार बिहान लगभग नौ बजे मधुकर कम्पनी परिसरमै उपस्थित थिए। यसै अवधि उनी अचानक अचेत भएर मुर्छित परे। त्यसपछि घटनास्थलमा उपस्थित कर्मचारीहरूले हतार-हतार उनलाई सीएचसी मड़िहानमा पुऱ्याए जहाँ चिकित्सकहरूले जाँच गरेपछि उनलाई मृत घोषित गरिदिए।

घटनाको जानकारी पाए लगत्तै मड़िहान थाना पुलिस सीएचसीमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर कानुनी औपचारिकता पूरा गरेपछि पोस्टमर्टम गर्नको लागि पठाइदियो। थाना प्रभारी रविन्द्र भूषण मौर्यले बताए, मृत्युको वास्तविक कारण पोस्टमर्टम रिपोर्ट आएपछि नै स्पष्ट हुनेछ।

मृतकको परिवारलाई घटनाको सूचना दिएर पुलिस अग्रिम कारबाहीमा जुटेको छ। अर्कोतिर कम्पनीको मालिकको अचानक भएको मृत्युले निर्माणाधिन प्लान्टमा काम गरिरहेका श्रमिक अनि कर्मचारीहरूमा शोक अनि भय दुवै व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande