एसीएस देवेश्वर बोरामाथि करोड़ौं रुपियाँ दुरुपयोग गरेको आरोप
Image of the Accused.


गुवाहाटी, 0८ सेप्टेम्बर (हि.स.)। असम सिभिल सर्भिस (एसीएस)का अधिकारी तथा धेमाजीका विकास आयुक्त देवेश्वर बोरामाथि पदको दुरुपयोग गर्दै जागिर, ठेक्का तथा रक्सी पसलको लाइसेन्स दिलाउने नाममा करोड़ौं रुपियाँ असुली तथा भ्रष्टाचार गरेको आरोप लागेको छ।

पक्रा परेका देवेश्वर बोराले विभिन्न व्यक्तिबाट कथित रूपमा ५० लाखदेखि २ करोड़ रुपियाँसम्म घुस लिएको आरोप छ। गुवाहाटी र लखीमपुरमा उनको आयभन्दा बढ़ी सम्पत्ति रहेको आरोप समेत लगाइएको छ।

मुख्यमन्त्रीको निगरानी शाखाले कथित भ्रष्टाचारको मामिलामा धेमाजीका विकास आयुक्त देवेश्वर बोरालाई पक्राउ गरेको हो। उनी सन् २०११ देखि नै ठगी तथा भ्रष्ट गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande