श्रीनगर, १७ अक्टोबर (हि.स.)।
जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हा शुक्रबार रसियाको कलमिकिया प्रस्थान गरेका छन्। उनले त्यहाँ एक हप्ता चल्ने प्रदर्शनी सम्पन्न भएपछि भगवान बुद्धका पवित्र अवशेषहरू भारत फर्काउन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
एक्समा लेख्दै उपराज्यपालले भने, “म रसियाको कलमिकिया जाँदैछु, जहाँ म एक हप्ता चल्ने प्रदर्शनीपछि भगवान बुद्धका पवित्र अवशेषहरू फर्काउने प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछु। यस पवित्र अवसरका लागि म माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूप्रति हृदयदेखि आभार प्रकट गर्छु। ओम नमो बुद्धाय।”
यो प्रदर्शनी संस्कृति मन्त्रालय, अन्तरराष्ट्रिय बौद्ध परिसंघ, राष्ट्रिय संग्रहालय, र इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रको सहकार्यमा आयोजना गरिएको हो। पवित्र अवशेषहरूलाई एलिस्टास्थित गेडेन शेडुप छोकोरलिङ मठमा स्थापना गरिने छ, जसलाई शाक्यमुनि बुद्धको स्वर्ण निवासका रूपमा चिनिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी