कोरबा, 17 अक्टोबर (हि.स.)। छत्तीसगढ़ विधानसभाका पूर्व उपाध्यक्ष एवं वरिष्ठ भाजपा नेता बनवारी लाल अग्रवालको 78 वर्षको आयुमा शुक्रवार निधन भयो। उनी लामो समयदेखि अस्वस्थ थिए। कोरबाको मोतीसागर पाराको मुक्तिधाममा उनको अन्तिम संस्कार गरियो। उनको अन्तिम यात्रामा स्वास्थ्य मन्त्री श्याम बिहारी जायसवाल, कटघोरा विधायक प्रेमचन्द पटेल र भाजपाका धेरै वरिष्ठ नेताहरू उपस्थित रहे।
भाजपा नेता बनवारी लाल अग्रवाल छात्र जीवनदेखि नै राष्ट्रिय स्वयंसेवक संघसित जोड़िएका थिए। उनले आफ्नो जीवन संगठन, समाज र शिक्षाप्रति समर्पित गरे। उनले शिक्षकको रूपमा छत्तीसगढ़ उच्चतर माध्यमिक शाला बिलासपुर र सावन पब्लिक स्कूल, नयाँ दिल्लीमा आफ्नो सेवाहरू दिए।
उनले आफ्नो राजनीतिक जीवनको शुरुआत जनसंघको समयमा गरेका थिए। 1990 को दशकमा उनी बिलासपुर भाजपा कमिटीको संगठन महामन्त्री बने। यसपछि उनले कोरबा विशेष क्षेत्र विकास प्राधिकरणको अध्यक्षको रूपमा पनि कार्य गरे। उनी 1993 मा पहिलो पल्ट कटघोरा विधानसभा सीटबाट विधायक निर्वाचित भए औं 1998 मा पनि पुनः चुनिए।
विधानसभामा आफ्नो कार्यकालमा उनी लोकलेखा समिति, प्रश्न एवं सन्दर्भ समिति, आवास समिति र कार्य मन्त्रणा समिति सहित धेरै महत्वपूर्ण समितिहरूको सदस्य रहे। उनले छत्तीसगढ़ विधानसभाको उपाध्यक्ष बन्ने अवसर पनि पाए।
हिन्दुस्थान समाचार / भवानी थामी