इतिहासको पानामा 18 अक्टोबरः ब्रिटिश ब्रडकास्टिंग कोरपोरेशन को स्थापना
बीबीसी


नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। ब्रिटिश ब्रडकास्टिंग कोरपोरेशन (बीबीसी) को स्थापना 18 अक्टोबर 1922 मा ब्रिटेनमा भएको थियो। शुरूआतमा यसको नाम ब्रिटिश ब्रडकास्टिंग कम्पनी थियो, जसलाई रेडियो उपकरण निर्माताहरूको एक समूहले मिलेर बनाएको थियो ताकि रेडियो प्रसारणको शुरूआत गर्नसकियोस्। त्यस समय रेडियो एक नयाँ माध्यम थियो र बीबीसीले यसलाई जनसंचारको प्रमुख साधनको रूपमा स्थापित गर्नमा महत्वपूर्ण भूमिका निभायो।

सन् 1927 मा ब्रिटिश सरकारले यस कम्पनीलाई एक सार्वजनिक निगमको दर्जा दियो र यसको नाम बदली गरेर ब्रिटिश ब्रडकास्टिंग कोरपोरेशन (BBC) राखियो। बीबीसीको आदर्श वाक्य हो — “Nation shall speak peace unto Nation” (राष्ट्रले राष्ट्रसित शान्तिको कुरा गरोस्)।

समयको साथ बीबीसीले रेडियोदेखि अगाड़ी बढ़ेर टेलीविजन र डिजिटल मीडियासम्म आफ्नो पहुँच बनायो। आज यो विश्वको सबैभन्दा पुरानो र प्रतिष्ठित सार्वजनिक प्रसारण संस्थाहरूमध्ये एक हो, जसले वैश्विक स्तरमा समाचार, मनोरञ्जन र शिक्षासित जोड़िएको उच्च गुणवत्ताको सामग्री प्रस्तुत गर्दछ।

अन्य अहम घटनाहरूः

1898 - अमेरिकाले स्पेनबाट प्यूर्टो रिकोलाई आफ्नो कब्जामा लियो।

1922 - ब्रिटिश ब्रडकास्टिंग कोरपोरेशन (बीबीसी) को स्थापना।

1944 - द्वितीय विश्व युद्धमा नाजी जर्मनीबाट चेकोस्लोवाकियाको स्वतन्त्रताको निम्ति सोवियत संघले लड़ाई शुरू गऱ्यो।

1972 - पहिलो बहुद्देशीय हेलिकप्टर एसए-315 को बेङ्गलोरमा परीक्षण।

1980 - पहिलो हिमालय कार ऱ्यालीलाई बम्बई (मुम्बई) को ब्रेबोर्न स्टेडियमबाट हरियो झण्डा देखाएर प्रस्थान गरियो।

1985 - सम्पूर्ण विश्वमा व्यापक विरोध भएपनि दक्षिण अफ्रीकी सरकारद्वारा अश्वेत कवि बेन्जामिन मोलोइसलाई फांसी दिइयो।

1991 - दक्षिण पश्चिम एशिया र दक्षिणी पूर्वी यूरोपको मुहानमा स्थित अजरबैजानले तत्कालीन सोवियत संघबाट स्वतन्त्र हुने घोषणा गऱ्यो।

1995 - कोलम्बियाको कार्टाजेनामा गुट निरपेक्ष देशहरूको 11औं शिखर सम्मेलन प्रारम्भ।

1998 - भारत र पाकिस्तान आणविक खतरालाई रोक्न सहमत भए।

2000 – श्रीलंकामा पहिलो पल्ट विपक्षी सदस्य अनुरा भंडारनायकेलाई संसद अध्यक्ष बनाउने सहमति बन्यो।

2004 - कुख्यात चन्दन तस्कर वीरप्पन मारियो।

2004 - म्यान्मारका प्रधानमन्त्री खिन न्युंटलाई भ्रष्टाचारको आरोपमा अपदस्थ गरी नजरबन्द राखियो।

2005 - पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफले नियन्त्रण रेखालाई भूकम्प राहत कार्यको निम्ति खोल्ने सुझाउ दिए।

2007 - आठ वर्षपछि बेनजीर भुट्टो आफ्नो देश पाकिस्तान फर्किन्। बेनजीर भुट्टोको मोटर कार ऱ्यालीमा भएको आत्मघाती हमलामा 139 जनाको मृत्यु र अन्य 450 घाइते भए। यस आत्मघाती हमलामा भुट्टो भाग्यले बचिन्।

2007 - कनाडाको संसदको निम्न सदनले म्यान्मारकी विपक्षी नेता आंग सान सू-कीलाई कनाडाको मानद नागरिकता दिने प्रस्तावलाई स्वीकृति दियो।

2007 - सुदूर अन्तरिक्षमा जीवनको खोजको निम्ति हैटक्रीक क्षेत्र (सैन फ़्रान्सिस्को) मा एलेन टेलिस्कोप एरे (एटीए) लगाइयो।

2008- उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले रायबरेलीको रेल कोच फ्याक्ट्रीको निम्ति 189.25 करोड़ एकड़ भूमि रेल मन्त्रालयलाई फर्काइन्।

जन्म

1919 - विलियमसन ए. संगमा - भारतीय राज्य मेघालयका भूतपूर्व प्रथम मुख्यमन्त्री।

1925 - इब्राहिम अल्काजी - भारतीय रंगमंचका प्रसिद्ध निदेशक एवं नेशनल स्कूल अफ ड्रामाका पूर्व निदेशक।

1925 - नारायण दत्त तिवारी - उत्तर प्रदेश एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री।

1950 - ओम पुरी - हिन्दी फिल्महरूका प्रसिद्ध अभिनेता।

1972 - चिन्ता अनुराधा - भारतीय राज्य आन्ध्र प्रदेशबाट 17औं लोकसभाकी सदस्य।

निधन

1865 - विस्काउन्ट पामर्स्टन – 19औं शताब्दीको मध्यमा दुई पल्ट प्रधानमन्त्रीको रूपमा कार्य गर्ने एक ब्रिटिश राजनेता।

1976 - विश्वनाथ सत्यनारायण - प्रसिद्ध तेलुगू साहित्यकार।

1996 - रामकृष्ण खत्री - भारतका प्रमुख क्रान्तिकारीहरूमध्ये एक।

2008 - ई.के. मोलोंग – मेघालयका भूतपूर्व सातौं मुख्यमन्त्री।

2013 - रावुरी भारद्वाज - तेलुगू उपन्यासकार, लघु-कथा लेखक, कवि एवं समीक्षक।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande