लखनऊ, 19 अक्टोबर (हि.स.)। रक्षा मन्त्री र क्षेत्रीय सांसद राजनाथ सिंहले आइतवार लखनऊमा भारत रत्न अटल बिहारी वाजपेई र पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको प्रतिमाहरूको अनावरण गरे। यस बाहेक उनले जानकीपुरम सेक्टर एफमा सामुदायिक केन्द्र र सेक्टर 6 मा पुस्तकालयको पनि लोकार्पण गरे।
यस अवसरमा लखनऊका सांसद एवं रक्षामन्त्री राजनाथ सिंहले भने, हामी सांसद रहौं या नरहौं। लखनऊको विकासप्रति हाम्रो पूरा प्रतिबद्धता कायम रहनेछ। आफ्नो तर्फबाट भएसम्म मैले प्रयास गरेको छु। विश्वका अन्य देशहरूसित लखनऊको एयर कनेक्शन बनिनुपर्छ। यसको निम्ति प्रय़ास भइरहेको छ।
उनले भने, हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले शानदार काम गरिरहेको छ। बिहे गर्न मानिसहरूले ठाउँ पाउँथेनन्। लखनऊको हरेक विधानसभा क्षेत्रमा एउटा ठूलो सामूदायिक केन्द्र स्थापित गरिनेछ। यसको देखरेखको निम्ति केही पैसा त खर्चा हुने नै छ। एउटै पनि पार्क हुनुहुँदैन, जहाँ ओपन जिमको व्यवस्था नहोस्। लखनऊका 301 पार्कमा ओपन जिम शुरू भयो र 250 ठाउँमा ओपन जिमको शुरूआत आजदेखि नै भइरहेको छ। लखनऊमा 1250 सोलर लाइट लागेको छ। 25 फ्लाईओवर स्वीकृत छ। त्यसमा 14 बनेका छऩ्। य़स बाहेक थप 11 फ्लाओवर स्वीकृत छन्।
राजनाथ सिंहले भने, लखनऊ विकासको पथमा तीव्र गतिमा बढ़िरहेको छ। विश्वका 10 शहरमा हाम्रो लखनऊ पनि आएको छ। म चाहन्छु, यो लखनऊ नम्बर एकमा आओस्। हाम्रो शहर विश्वस्तरीय लखनऊ बन्नुपर्छ। अहिले केही दिन अगाड़ी भारतको स्वच्छता सर्वेक्षणमा लखनऊलाई भारतको टप थ्री शहरहरूमा रोजियो। उत्तर प्रदेशमा नम्बर वन, भारतमा नम्बर थ्री। लखनऊ स्वच्छताको मामिलामा नम्बर वन बनोस् भऩ्ने हाम्रो प्रयास हुनुपर्छ। मेरो दृष्टिमा लखनऊलाई एक यस्तो विश्व स्तरीय शहर बनाउनु छ, जहाँ परम्परा र आधुनिकताको अद्भुत समागम होस्।
हिन्दुस्थान समाचार / भवानी थामी