नयाँ दिल्ली, 19 अक्टोबर (हि.स.)। रक्षा मन्त्री राजनाथ सिंहले 21 अक्टोबरमा पुलिस स्मृति दिवसमा नयाँ दिल्लीको राष्ट्रिय पुलिस स्मारकमा शहीद पुलिसकर्मीहरूलाई श्रद्धाञ्जलि दिनेछन्। मुख्य कार्यक्रममा यहाँ केन्द्रिय सशस्त्र पुलिस बलहरू र दिल्ली पुलिसको संयुक्त परेड हुनेछ।
गृह मन्त्रालय अनुसार, रक्षा मन्त्रीको साथ गृह राज्यमन्त्री, सीएपीएफ र सीपीओका प्रमुख, सेवानिवृत्त डीजी र अन्य अधिकारीहरूले शहीदहरूलाई पुष्पाञ्जलि अर्पित गर्नेछऩ्। रक्षा मन्त्रीले कार्यक्रममा शहीदहरूको वीरतालाई याद गर्नेछन् औं पुलिस बलहरू सामू आइलाग्ने चुनौतीहरूमाथि आफ्नो विचार साझा गर्नेछन्। हट स्प्रिङ्ग्सका शहीदहरूको स्मृति वेदीमा पुष्पाञ्जलि अर्पित गरी कार्यक्रमको समापन गरिनेछ। यहाँ 22 देखि 30 अक्टोबरसम्म धेरै कार्यक्रम आयोजित गरिनेछ। यसमा शहीदहरूका परिवारहरूको यात्रा, पुलिस ब्याण्ड प्रदर्शन, मोटरसाइकिल ऱ्याली, “रन फर मार्टियर्स”, रक्तदान शिविर, निबन्ध र पेन्टिंग प्रतियोगिताहरू सामेल छन्। यी कार्यक्रमहरूको उद्देश्य पुलिस बलहरूको साहस, बलिदान र सेवाहरूलाई याद गर्नु हो।
उल्लेख्य, हरेक साल 21 अक्टोबरमा पुलिस स्मृति दिवस ती 10 बहादुर पुलिसकर्मीहरूको यादमा मनाइन्छ, जो 1959 मा लद्दाखको हट स्प्रिङ्ग्समा चीनको घात लगाएर गरिएको हमलामा बदिलान भएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी