पटियालाका पूर्व मेयर संजीव शर्मा बिट्टू कांग्रेसमा फर्के, वेणुगोपाल र बघेलले दिलाए सदस्यता
बिट्टू


नयाँ दिल्ली, 19 अक्टोबर (हि.स.)। पञ्जाबमा पटियालाका पूर्व मेयर संजीव शर्मा (बिट्टू) आइतवार कांग्रेस पार्टीमा फेरि सामेल भए। उनलाई कांग्रेस महासचिव केसी वेणुगोपाल र पञ्जाब प्रभारी भूपेश बघेलले यहाँ आयोजित एक कार्यक्रममा उनलाई पार्टीमा औपचारिक रूपमा सामेल गराए।

उल्लेख्य, बिट्टू साल 2018 देखि 2021 सम्म पटियाला नगर निगमको मेयर रहे। उनी पूर्व मुख्यमन्त्री अमरिन्दर सिंहका निकटतम समर्थकको रूपमा चिनिन्छऩ्। तीन पल्ट काउन्सलर रहिसकेका बिट्टू 2021 मा कांग्रेस छोड़ेर अमरिन्दर सिंहको पञ्जाब लोक कांग्रेस (पीएलसी) मा सामेल भएका थिए। उनी कांग्रेसमा फर्किनु कांग्रेसको पञ्जाब एकाईको निम्ति महत्वपूर्ण मानिन्दैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande