आशारिका फाउन्डेशनद्वारा बिमारीलाई आर्थिक सहयोग
Asharika foundation


दार्जिलिङ, 02 अक्टोबर (हि.स.)। आशारिका फाउन्डेशनले सिङताम चियाबारीका 66 वर्षीय क्यान्सर बिरामी अजय छेत्रीलाई सात हजार (7,000) रुपियाँको सहयोग गरेको जानकारी प्राप्त भएको छ। उक्त रकम उनका आफन्तले प्राप्त गरेका छन्।

यो गम्भीर बिमारीले ग्रस्त पीडितलाई सहायता प्रदान गरेकोमा आभार व्यक्त गरिएको छ। यस अवसरमा सभापति रित्विक तामाङ र फाउन्डेशनका सदस्य पनि उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande