गान्तोक, 02 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्ला अन्तर्गत सिङलिङस्थित आफ्नो घरमा परिवारसॅंग बडादशैं मनाए। बडादशैंको शुभ अवसरमा आफ्नी आमाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्न पाउॅंदा सॉंच्चै भाग्यमानी महसुस गरेको उनले बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस अवसरका चित्रहरू साझा गर्दै आफ्नो परिवारसँग बिताएका प्रेम, हाँसो र एकताले भरिएका क्षणहरू जीवनभर हामीसँग रहने अमूल्य सम्झनाहरू बन्छन् भनी उल्लेख गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल