दार्जिलिङ, 02 अक्टोबर (हि.स.)। दार्जिलिङ पहाड़मा शान्ति र खुशीका साथ बड़ादशैं पर्व पालन गरिएको छ। सम्पूर्ण पहाड़भरि दशैंको रमझम चलिरहेको छ। आज दशमीको दिन ठूला-बड़ाका हातबाट आशिषमय टीका थाप्नेहरूको ओहोर-दोहोर त्यतिकै जारी छ।
रोजगारका कारण आफ्नो गाउँ-घरबाट धेरै टाड़ा जान बाध्य बनेकाहरू पनि अहिले गाउँ-घरतिर आएर दशैंको आफ्ना अभिभावकबाट आशिर्वादसहित टिका ग्रहण गरिरहेका छन्।उनीहरूका निधार पनि रातो-सेतो चामलको टीकाले भरिएका छन्।
गोर्खा जातिको यो महान पर्व दशैंको एउटा छुट्टै महत्व छ। दशैंको समय ठूला-बड़ाका हातबाट निधारमा चामलको टीका लगाएर आशिष थाप्ने रिती-रिवाज गोर्खा जातिबाहेक अन्य कुनै समुदायमा छैन। यसैले यस दशैंलाई गोर्खा जातिले छुट्टै महत्व दिने गरेको छ। यसैकारण पनि दशैंको समय आफ्नो घरदेखि बाहिर रहेकाहरू पनि आफ्नो गाउँमा फर्किएर आउने गर्छन् अनि गाउँमा सबैसित भेटघाट गरेर रमाइलो गर्ने गर्छन्।
दशैं पर्व आज दार्जिलिङ, कालेबुङ , खरसाङ , मिरिक लगायत तराई र डुवर्स क्षेत्रका विभिन्न स्थानहरुमा हर्षोल्लासका साथ पालन गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक