कटिहारमा नौका दुर्घटनाग्रस्त, दुईजना मछुआरा बेपत्ता
कटिहारमा नौका दुर्घटनाग्रस्त, दुईजना मछुआरा बेपत्ता


कटिहार, 02 अक्टोबर (हि.स.)। कटिहार जिल्लाको कुरसेला थाना क्षेत्र अन्तर्गत गंगा-कोसी संगम तटमा बिहीवार नौका दुर्घटना भयो। माछा मार्न गएका पाँचजना मछुआराहरूले भरिएको डंगी नौका अचानक तीव्र हावा तथा उच्च लहरको चपेटमा परी नदीमा पल्टियो। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।

स्थानीय मछुआरा एवं ग्रामीणहरूले तुरून्त बचाउ अभियान शुरू गरे अनि नौकाको सहयोगले तीनजना मानिसहरूलाई सुरक्षित बाहिर निकालियो। तथापि दुईजना मछुआरा अहिले पनि बेपत्ता नै छन्।

स्थानीय मानिसहरूले बताए, सबै मछुआराहरू बिहान नौका लिएर नदी तर्फ गइरहेका थिए अचानक मौसम बिग्रियो अनि तीव्र हावा एवं लहर आएको कारणले नौका यसको चपेटेमा परेर असन्तुलित भइ नदीमा पल्टियो। हाल बेपत्ता भएका मछुआराहरूको खोजी कार्य जारी छ। स्थानीय प्रशासन अनि बचाउ दल राहत कार्यमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande