मुख्यमन्त्रीले विजय दशमी पर्वमा गरे शस्त्र पूजन
मुख्यमन्त्रीले विजय दशमी पर्वमा गरे शस्त्र पूजन


गान्धीनगर, 02 अक्टोबर (हि.स.)।गुजरातका

मुख्यमन्त्री भूपेन्द्र पटेलले बिहीवार विजय दशमीको पर्वमा उनको सुरक्षासित सम्बन्धित

पुलिस जवानहरूसित मुख्यमन्त्री निवास स्थानमा शस्त्र पूजन गरे।

राज्यसूचनाविभागले बतायो,

मुख्यमन्त्री पटेलले यस शस्त्र पूजनमा सहभागी भएर भारतीय सनातन संस्कृतिमा शस्त्र

एवं शास्त्र पूजनकोऐतिहासिक पुरातन

परम्परालाई अझ सशक्त बनाए। उनले सुरक्षा

कर्मचारीहरूलाई विजय दशमीको शुभकामना दिँदै भने, असुरी शक्तिमाथि दैवी शक्तिको

विजयको प्रतीक यो विजय दशमी पर्व समाजका आतंककारी शक्तिहरूलाई परास्त गर्ने अवसर

पनि हो।

मुख्यमन्त्रीले कर्मको सिद्धान्त अनुरूप उदाहरणहरू दिएर बुझाए, सुरक्षा

कर्मचारीहरू पनि राष्ट्र, राज्य तथा समाजको रक्षा-सुरक्षाको लागि समर्पित भावले

कर्तव्यनिष्ट हुनुपर्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande