माजुली (असम), 02 अक्टोबर (हि.स.)। निमातिघाटदेखि माजुलीको अफलामुख घाट तर्फ गइरहेको प्रियानुज-1 नामक यात्री फेरीमा बिहीवार ठूलो दुर्घटनाको शिकार हुनदेखि बच्यो।
फेरीमा 88 जना यात्री, 3 वटा चार चक्के वाहन र 26 वटा बाइक सवार थिए। बीच नदीमा पानी पसेपछि कोकोहोलो मचियो। स्थितिलाई मध्यनजर गर्दै यात्रीहरूलाई ब्रह्मपुत्रबीच बनिएको बालुवाको टापुमा उतारियो।
घटनास्थलबाट यात्रीहरूलाई निकाल्न तथा राहत कार्यको लागि एसडीएरफको टीम अफलामुख घाटबाट प्रस्थान भइसकेको छ। ज्ञात रहोस्, यसप्रकारको घटना पहिला पनि भइसकेको छ। वर्तमानमा ब्रह्मपुत्र नदीमा पानीको स्तर औधी रहेको कारणले यात्रीहरूको सुरक्षामाथि प्रशासनले लगातार नजर राखिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा